कार्तिक १३, रोटरी क्लब अफ कपन आर आइ डिस्ट्रीक्ट ३२९२ नेपाल -भुटान ( Ri District 3292 Nepal -Bhutan ) को ४११ औं नियमित बैठकको अध्यक्षता क्लबका अध्यक्ष नियुक्ति शेर्पाले गर्दै आर आइ प्रोग्राम चियर दुर्गा सुवेदीको विशेष उपस्थितिमा क्लबका निबर्तमान अध्यक्ष, पूर्ब अध्यक्षहरु लगायत रोटरी क्लब अफ कपनका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
सो कार्यकममा क्लबमा आवद्ध नयाँसदस्यहरुलाई स्वागत गर्दै परीचयात्मक कार्यक्रमको आयोजना गरीएको थियो ।
आर आइ प्रोग्राम चियर दुर्गा सुवेदीले उपस्थित सबैलाई रोटरीले के गर्छ? के हो? किन लाग्ने? हिजोको इतिहास के छ? आदि कुराहरुको बारेमा सबैलाई जानकारी गराए ।
पूर्ब अध्यक्ष डा . राजु लामा ( कोन्दन ) क्लबका उपाध्यक्ष प्रल्हाद दाहालले शुभकामना मन्तव्य ब्यक्त राखेका थिए भने कार्यक्रम संचालन क्लबका सचिब धुर्ब तिवारीले गरेका थिए।
बैठकमाम क्लबका अध्यक्ष नियुक्ति शेर्पाले कार्यक्रममा सहभागी सबैमा धन्यबाद एवं दिपावलीको शुभकामना ब्यक्त गर्दै रात्रि भोजमा सबैलाई समाबेश हुन अनुरोध गर्दै बैठक गरिन ।