दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दुबईमा नेवा:पुचले सामूहिक म्ह :पूजा मनाउँदै”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक १५ गते, बिहीबार ५:५८

-सचिन्द्र श्रेष्ठ
यूएईमा छरिएर रहेका नेवा: समुदायले यस बर्ष पनि पारिवारिक रूपमा मनाउँदै आएको धार्मिक, सांस्कृतिक पर्व म्हः पूजा र नेपाल सम्बत् ११४५ यूएईको दुबईमा सामूहिक रूपमा आयोजना गर्ने भएको छ ।
नेवा: पुच: यूएईको आयोजनामा हुने नेवाः परम्परामा यो विशेष पर्व प्रवासमा छरिएर बसोबास गरेका नेवारहरूलाई एकै थलोमा भेला गराई यसको महत्त्व र विधिका बारेमा जानकारी गराउने उद्देश्य राखिएको पुचका अध्यक्ष बिरेन्द्र नकर्मिले बताए।
यही आउँदो शनिबार २ नोभेम्बरका दिन साझ ५:०० बजे देखि राति ९ :०० बजे सम्म बुर दुबई स्थित ब्लू प्यालेसमा आयोजना हुने आयोजकले बताए।
म्हः पूजाको अर्थ शरीरको पूजा हो । म्हःपूजाको अर्थ आत्म पूजा वा ब्रम्ह पूजा पनि भन्ने गरेको पाइन्छ । ती सबैको अर्थ एउटै हुने हुनाले म्हःपूजाको सम्बन्ध व्यक्तिको शरीरलाई आफैले पूजा गर्ने संस्कार मानिँदै आएको छ ।
नयाँ वर्ष सँगै म्हःपूजा गरेर वर्षभरि कुनै रोग व्याधि नलागोस् शरीर स्वस्थ्, स्वच्छ, पवित्र भएमा कुनै पनि दुःख हुँदैन । स्वस्थ शरीरले जुनसुकै कठिन काम गर्न सक्छ । त्यसैले महत्त्वपूर्ण शरीरलाई सधैँ पूजा गरी पवित्र, स्वास्थ्य राख्नु पर्दछ भन्ने मान्यताका साथ तांत्रिक बिधि बाट म्हःपूजा गर्ने चलन छ।
साथै नेवार समुदायको नयाँ वर्ष नेपाल सम्वत‍् ११४५ पनि राष्टिय विभूति शंखधर साख्वाले वि सं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्‌को शुरुवात गराएको अवसरमा सोहि दिन मनाउने चलन छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु