गायक टिकाहाङ लिम्बुको स्वर रहेको गीत ‘बुकी फूल’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक १९ गते, सोमबार ०७:२७

काठमाडौं । गायक टिकाहाङ लिम्बुको स्वर रहेको गीत ‘बुकी फूल’ सार्वजनिक गरिएको छ । गीतमा शब्द तथा सङ्गीत मविन्द्र राईको छ । गीतमा गिटार सन्देश थारु र ड्रम अवेथापा मगरको छ ।

रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा ऐशा तामाङ र निर्मल राईको अभिनय रहेको छ । भिडियोमा ऐशा र निर्मलको प्रेमकथा देखाउन खोजिएको छ ।

सलन थापा मगरको छायांकन रहेको भिडियोमा अनिल राणाको सम्पादन छ । भिडियोका निर्देशक भूपेन्द्र तुम्बाहाम्फे हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु