तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अरब क्लासिक बेसबल लिग खेल्ने नेपाली टोलीको बिदाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक २० गते, मंगलवार ७:५९

काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) की निमित्त सदस्यसचिव अञ्जना मास्के श्रेष्ठले बिहीबारदेखि संयुक्त अरब इमिरेट्स(युएई) मा हुने अरब क्लासिक बेसबल लिग खेल्ने नेपाली टोलीको बिदाइ गर्नु भएको छ । मध्यपूर्वी र दक्षिण एसियाका ९ राष्ट्रले चुनौती प्रस्तुत गर्ने अरब क्लासिक बेसबल लिग आगामी बिहीबारदेखि नोभेम्बर ११ सम्म युएईको दुबईमा हुँदै छ । निमित्त सदस्यसचिव अञ्जना मास्के श्रेष्ठले टोलीका कप्तान निश्चल केसीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै बिदाई गर्नुभयो । सो अवसरमा निमित्त सदस्यसचिव अञ्जना मास्के श्रेष्ठले नेपालीहरूले श्रम र पसिना बगाएको मरुभूमिमा देशका खेलाडीको सफलताले उत्साह प्रदान गर्ने उल्लेख गर्दै उँचो प्रदर्शन गर्न शुभकामना दिइन् । निश्चल केसीको कप्तानीमा रहेको १५ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्पm जाँदै छ । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसहित प्यालेस्टाइन, श्रीलंका र साउदी अरेबिया छन् । समूह ‘ए’ मा भने भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र युएईले प्रतिस्पर्धा गर्नेछन् । नेपालले प्यालेस्टाइनसँग आगामी शुक्रबारदेखि प्रतियोगिताको सुरुआत गर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु