नेपालमा युवा पलायन रोक्न उद्यमशील शिक्षा विषयक कार्यशाला गोष्ठी सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक २३ गते, शुक्रबार १३:१८

काठमाडौं । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बाँसबारीमा अवस्थित अथर्व बिजनेस कलेजले एक दिने नेपालमा युवा पलायन रोक्न उद्यमशील शिक्षा विषयक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगका पुर्व उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेल सहजकर्ता रहेको उक्त कार्यक्रममा विश्वमा रोजगारीको प्रवृति देखि लिएर विद्यालय तथा विश्वविद्यालयमा उद्यमशील शिक्षाबारे छलफल गरिएको थियो।

नेपालमा युवा पलायन रोक्न उद्यमशील शिक्षा विषयक कार्यशाला गोष्ठीमा समावेश भएका विषयहरु निम्नानुसार छन्।
क) विश्वमा रोजगारको प्रबृति तथा उद्यमशीलता बारे ठाउँ बिषेशका बुझाई
ख उद्यमी र उद्यमीका प्रकार
ग) सफल उद्यमीका चरित्र
घ) उद्यमशील विश्व विद्यालयको नयाँ अवधारणा 
ङ) नेपालमा उद्यमशीलताको विकास नहुनाका मुख्य कारणहरु
च) नेपालमा उद्यमशीलता विकास गर्न गर्नुपर्ने कामहरु
छ) उद्यमशील शिक्षा बारे अथर्व बिजनेस कलेजले के गर्ने?

अथर्व बिजनेस कलेजका प्राचार्य डा. हिरालाल श्रेष्ठले संवाददातासँग कुराकानी गर्दै यो गोष्ठी शैक्षिक जगतमा नयाँ आयाम रहेको, यी र अन्य विषयका कार्यशाला गोष्ठी आगामी दिनमा पनि कलेजले आयोजना गर्ने तथा राज्यले उद्यमशीलताको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले कलेजले हरेक सेमेष्टरमा उद्यमशील शिक्षा प्रदान गर्ने कुराको जानकारी समेत दिनुभयो।

कार्यशाला गोष्ठीका सहजकर्ता डा. पौडेल संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको पुर्व दिगो विकास लक्ष्य सल्लाहकार पनि हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु