पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

प्राइम बैंकको डीजीएममा सुमितबाबु खत्री नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक २४ गते, शनिबार ०६:३३

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन् । कुशल कार्यसम्पादनमा अब्बल खत्रीले बैंकिङ क्षेत्रमा विगत २४ वर्षदेखि काम गर्दै आइरहेका छन् । सिटिजन्स बैंक लिमिटेडको स्थापना कालदेखि नै कार्यरत खत्री यस अघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए । खत्री एक महिनाअघि मात्रै सिटिजन्स बैंकबाट बाहिरिएका थिए । खत्री बैंकिङ क्षेत्रमा कर्जा विज्ञको रुपमा चिरपरिचित रहेका छन् । खत्रीले देशको ठूला ठूला भौतिक निर्माण आयोजनाहरुमा बैकिङ कर्जा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आईरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु