काठमाडौँ, कात्तिक २३ गते ।
नेपालका तीन बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले शुक्रबार १५ औँ वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सीप २०२४ मा रजत पदक जित्नुभएको छ ।
विश्व बडिबिििल्डङ एन्ड फिजिक स्पोर्ट्स फेडरेसन्ससँगको सहकार्यमा बडिबिल्डिङ एसोसिएसन अफ माल्दिभ्सद्वारा आयोजित मालेमा भएको प्रतियोगितामा रुजेशले ६० केजी, प्रज्वलले ४० वर्ष माथि र रजनीले ५५ केजी माथि दोस्रो स्थान हासिल गर्नुभएको हो ।
प्रतियोगितामा नेपालका छ खेलाडीले सहभािगता जनाएका छन् । ललित धिमाल, रजित आचार्य र सनम मुलगुठीले शनिबार प्रतिस्पर्धा गर्नुहुनेछ ।