
काठमाडौँ, २६ कात्तिक । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र विश्व बैँकका प्रतिनिधीबीच भेटवार्ता भएको छ ।
उर्जा मन्त्रालयमा आज भएको भेटमा मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैँकका प्रतिनिधीसँग आग्रह गर्नुभएको भेटमा सहभागी उर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिनुभयो ।
मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनामा विश्व बैँकले यसअघि केही रकम लगानी गरिसकेको भन्दै थप आवश्यक लगानी जुटाई त्यसलाई टुङ्गोमा पु¥याउनुपर्ने बताउनुभएको थियो । अपर अरुण आयोजनालाई अगाडि बढाउने विषयमा उर्जामन्त्री खड्काले गतसाता भारतका विद्युतमन्त्रीसँग समेत छलफल गर्नुभएको थियो ।
भेटमा विश्व बैँकका प्रतिनिधीले अपर अरुण आयोजनामा आउने समस्यालाई समाधान गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरेका थिए । भेटमा उर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ अधिकारी, मन्त्रालयका सहसचिव जीवछ मण्डल, अर्थ विज्ञ अमित श्रेष्ठ, मन्त्री खड्काका निजी सचिव मनोज पन्थलगायतको उपस्थित रहेको थियो ।


