दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक २७ गते, मंगलवार ६:१७

टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन आयोजक ठुंग्रम इन्टरनेश्नल एकेडेमीले विजयी सुरुवात गरेको छ ।
काठमाडौंको हात्तिगौंडास्थित टिआईएको कोर्टमा भएको खेलमा घरेलु टोलीले श्री मंगलदिप स्कुललाई २५ का विरुद्ध ३७ स्कोले हरायो । टिआईएको जितमा क्रिश ओलीले १७ स्कोरको योगदान गरे ।
टिआईइले पहिलो क्वार्टरमा ११–५, दोस्रोमा १३–१० र तेस्रोमा ६–४ को आग्रता कायम राखेको थियो । चौथो क्वार्टरमा भने दुबै टिमले ६–६ स्कोर गरेका थिए ।
प्रतियोगिताको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले गर्नुभएको थियो ।
टिआईएसँगै प्रतियोगिताको छात्रतर्फ आज भएको खेलमा दुर्गा भवानी एकेडेमी, ज्ञाननिकेतन र विल्सन एकेडेमी विजयी भए । छात्रातर्फ निम्स, भक्तपुर निस्ट र भ्याली पब्लिक स्कुलले पनि विजयी सुरुवात गरे ।
प्रतियोगितामा छात्र र छात्रातर्फ १६–१६ वटा टिमको सहभागिता छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल आउँदो आइतबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु