मकै खेती प्रवर्धनका लागि कृषि उद्यम केन्द्रले लुम्बिनी सरकारलाई बुझायो सुझाव”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक २७ गते, मंगलवार १६:३३

कार्तिक – २६, दाङकाे भालुवाङमा लुम्बिनी प्रदेश उद्योगवाणिज्य महासङ्घको आयोजना एवं नेपाल मल तथा बिउ परियोजनाको सहकार्यमा कृषिभूमि तथा सहकारी विकास मन्त्री माननीय दिनेश पन्ती र योजना आयोगका उपाध्यक्ष माननीय दिल्लीराज अर्यालको विशेष उपस्थितिमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माको सभापतित्व, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं कृषि उद्यम केन्द्रका सभापति डीवी बस्नेत, केन्द्रीय सदस्य केशव भण्डारी, परियोजनाका नारायण खनाल, नेपाल डेरी एसोसिएसन एवं कृषि उद्यम केन्द्रका बोर्ड सदस्य प्रल्हाद दाहाल, डेरी एसोसिएसन बागमतीका अध्यक्ष टिका प्रसाद घिमिरे, प्रदेश उद्योग वाणिज्य संघका पदाधिकारी एवं सदस्यहरू, कृषि उद्यम केन्द्रका कर्मचारी, उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा विज्ञ दिल्लीराम भण्डारी, दिल्लीप्रसाद पौडेल र कुलप्रसाद निरौला तिन जनाले प्रस्तुत गरेका कार्यपत्रहरू माथि छलफल एवं टिप्पणी गरिएको थियो । प्रस्तुत कार्यपत्र माथि टिप्पणी गर्दै उपाध्यक्ष अर्यालले यस्ता खालका अध्ययन र कार्यपत्रले धेरै कुरा सिक्न, बुझ्न र कार्यान्वयनमा जान सजिलो हुने कुरा बताउँदै यस्ता कार्यपत्रहरु अत्यन्तै उपयोगी र कृषि क्षेत्र बारे बुझ्न सहज हुने कुरा भएकोले आयोजकलाई धन्यवाद दिंदै यस्ता कुराहरूबाट सिक्दै योजना आयोगले थप सल्लाह लिँदै अगाडि बढ्ने कुरा बताए । कृषि उद्यम केन्द्रका सभापती बस्नेतले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा किसानको हितका लागि १३ वटा पालिकामा विशेषगरी मकै खेती प्रवर्धनका लागि तालिम, गोष्ठी, भ्रमण, कृषिका प्रविधि, उपकरण, मल, बिउ उपलब्ध गराउनुका साथै बजार र भण्डारणमा सहयोग पुर्‍याएको छ। साथै जैविक मल, कृषिमा बिमा, लगानीका क्षेत्र पहिचान र कृषि कर्जामा सहजीकरण गर्दै यि दुई प्रदेशमा निरन्तर डेढ वर्षदेखि काम गर्दै आइरहेको छ। अन्नबाली भण्डारणका लागि वेर हाउस निर्माणको लागि सम्भावना अध्ययन गरी निर्माणका लागि प्रदेश सरकारलाई पूर्ण विवरण तयार गरी प्रतिवेदन बुझाएको कुरा सभापति बस्नेतले बताए ।

कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्रीले यस्ता किसिमका कार्यक्रमले मन्त्रालयमा काम गर्नको लागि धेरै सहयोग पुग्नुका साथै धेरै कुरा सिक्ने, बुझ्ने अवसर प्राप्त हुने र आफूलाई बुझ्न पनि सहयोग हुने कुरा बताउँदै उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र जसको सबै जिल्ला पालिकामा आफ्नो संरचना भएको कुराले मन्त्रालयलाई काम गर्न सहयोग पुग्ने कुरा कुरा बताए । कार्यक्रमको अन्त्यमा सभापति कृष्ण शर्माले मन्त्रालयसँग सहकार्य गरी काम अगाडि बढाउनको लागि लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासंघ सधैं तयार रहेको र त्यसका लागि सरकारले पनि सहयोग गर्न तयार रहनको लागि आग्रह गर्दै लुम्बिनी प्रदेशमा भएका उद्योग, कलकारखाना व्यवसायमा देखिएका समस्याहरूको बारेमा अवगत गराउँदै सरकारलाई सँगै मिलेर काम गर्नको लागि आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु