कार्तिक – २७, नेपालगञ्ज बाँकेमा कृषि उद्यम केन्द्रको आयोजनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका उद्योग वाणिज्य सङ्घका कर्मचारी विच व्यवसाय विकास सेवा प्रदायकहरूको ३ दिने तालिम कार्यक्रम कृषि उद्यम केन्द्रका सभापति डि.बी बस्नेतको विशेष उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम सिंह धामी, नेपाल डेरी एसोसिएसनका अध्यक्ष एवं कृषि उद्यम केन्द्रका बोर्ड सदस्य प्रल्हाद दाहालको उपस्थिति रहेको थियो । तालिममा सहभागीको रुपमा प्रदेशभित्रका सचिवालय कर्मचारीहरू सहभागी थिए। कार्यक्रममा नेपालगञ्ज वाणिज्य सङ्घका अध्यक्ष प्रेम सिंह धामीले यस्ता किसिमका कार्यक्रमले कर्मचारीको स्थर उन्नति हुने र सिकेका कुरा कार्यान्वयन गर्दा कार्यालय ब्यवस्थापनमा ठूलो सहयोग पुग्ने कुरा बताउँदै सिकेका कुरा कार्यान्वयन गर्न सबैलाई आग्रह गरे । डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले कार्यक्रम सिक्नका लागि मात्र नभएर कार्यान्वयन गर्नका लागि पनि हो भन्दै दुग्ध क्षेत्रका विषयमा अहिले भोग्नु परेका समस्या र दुग्ध क्षेत्रको बारे बताए । सभापति डि.वी बस्नेतले समय समयमा कृषि उद्यम केन्द्रले यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको र यस्ता कार्यक्रमले कार्यालयको व्यवस्थापनमा निकै सहयोग पुर्याउने भन्दै यस्ता कार्यक्रमले समग्र कार्यालय व्यवस्थापनमा कोसे ढुंगा सावित हुने कुरा सभापति बस्नेतले बताए ।