वृजेश र शिभाली पहिलो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक २७ गते, मंगलवार १८:०५

काठमाडौं, कात्तिक २७ गते । वृजेश अर्याल र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगितामा मंगलबार पहिलो भएका छन् । यु–१४ सिंगल्सको ब्वाइजमा वृजेश तथा गल्र्समा शिभाली पहिलो भएका हुन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको ब्वाइज फाइनलमा वृजेशले असभसम्राट हाडालाई ३–६, ६–१ र ६–१ को सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई ७–६ र ६–४ को सोझो सेटमा हराइन् ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–९ ब्वाइज सिंगल्स फाइनलमा कायान चालिसेले साहन्श बस्न्यातलाई ४–२ र ५–४ ले पाखा लगाउदै पहिलो भए ।
यु–१० ब्वाइज सिंगल्समा सभ्यजंग कार्कीले बाजी मारे । उनले फाइनलमा भिरल अग्रवाललाई ६–२ र ६–१ ले पन्छाए । सो स्पर्धाको गल्र्समा सरा पन्तले नाइरा घलेमाथि ६–१ र ६–२ को जित दर्ता गर्दै शीर्ष स्थानमा रहे ।
यु–१२ सिंगल्सको ब्वाइजमा विश्व डल्लाकोटी तथा गल्र्समा आयुशा जिसी पहिलो भए । विश्वले सुजन कुइकेललाई ६–१ र ६–३ तथा आयुशाले सरा पन्तलाई ७–५ र ६–२ को सोझो सेटमा पराजित गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु