दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टिआईए कपको दोस्रो दिन आयोजकको दोहोरो हार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक २७ गते, मंगलवार १८:०७

काठमाडौंमा जारी टिआईए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दोस्रो दिन छात्रतर्फ गेटवे एकेडेमी, हिमालय ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) र ज्ञान निकेतन विजयी भएका छन् ।
बुढानिलकण्ठस्थित टिआईएको कोर्टमा मंगलबार भएको छात्रतर्फको खेलमा गेटवे एकेडेमीले आयोजक टिआईएको बी टिमलाई ६१–३३ स्कोरले हरायो ।
अर्को खेलमा एचएचसीएले श्री मंगलदिप स्कुललाई ५२–३२ ले हरायो । एचएचसीएका लागि डेविड आलेले १८ स्कोरको योगदान दिए । आयोजक टिआईएले मंगलबार दोस्रो खेलमा पनि हार व्यहो¥यो । ज्ञान निकेतनसँग भएको अर्को खेलमा टिआईए बी ५८–१३ को भारी अन्तरले पराजित भयो ।
मंगलबार नै भएको छात्रातर्फको खेलमा श्री मंगलदिप स्कुल निम्स र ग्रिनल्याण्ड विजयी भए । दुईवटा खेल खेलेको टिआईए बी दुबै खेलमा पराजित भयो ।
पहिलो खेलमा श्री मंगलदिपसँग हारेको टिआईए बी अर्को खेलमा निम्ससँग पराजित भयो । छात्रातर्फ ग्रिनल्याण्डले डाफोडिल स्कुललाई हराएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु