दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘कार्साङ’का अभिनेता जितु नेपालको नयाँ क्यारेक्टर लुक सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक २८ गते, बुधबार ८:१४

काठमाडौं ।चलचित्र ‘कार्साङ’का अभिनेता जितु नेपालको नयाँ क्यारेक्टर लुक सार्वजनिक गरिएको छ। निर्माण पक्षले आजै यो लुक सार्वजनिक गरेको हो।

क्यारेक्टरको लुक हेर्दा जितुले ‘कार्साङ’मा आफ्नो भूमिकामा गहिरो तयारी र मेहनत गरेको स्पष्ट हुन्छ।
जितु नेपाल कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट, र लेकमा प्रयोग हुने गमबुटमा देखिएका छन्। घुँडामा झोला अड्याउँदै, हातमा जाँड भएको अनुमान गरिएको कचौरो बोकेका छन्। पृष्ठभूमिमा देखिने घर, पहाड, र कुहिरोले उनी कुनै पहाडी गाउँका स्थानीय बासिन्दा हुन् भन्ने आभास दिलाउँछ।

सिनेमाको पोस्टरमा ‘मकै त पिन्ने घट्टामा पिरती बस्यो ठट्टामा’ भन्ने लेखिएको छ, जसले उनलाई मकै पिस्न घट्टामा गएका हुनसक्ने संकेत गर्छ। यो संवादले उनलाई कसैको प्रेममा परेका हुन् कि भन्ने अनुमान पनि गराउँछ, यद्यपि यसबारे निर्माण पक्षले स्पष्ट खुलासा गरेको छैन।

यसअघि अभिनेता दयाहाङ राईको क्यारेक्टर लुक सार्वजनिक गरिएको थियो। यम शेर्पाको लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्र पुस २६ गते प्रदर्शनमा आउने तयारीमा छ।

शेर्पा समुदायको संस्कृतिमा आधारित यो चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारहरूको अभिनय रहेको छ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण भएको यस सिनेमाका छायांकार र निर्माता पुरुषोत्तम प्रधान हुन्। सह-निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा, र लाइन प्रोड्युसर वीरेन्द्र शाही छन्।

चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार हुल्या इभेन्ट्सका सुमन पराजुली र सोमलाल थोकरले लिएका छन् भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु