दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सोफा हब काठमाडौको उत्सव योजनाको लक्की ड्र विजेता घोषणा, को को भए विजेता ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक २९ गते, बिहीबार २१:१७

काठमाडौं । सोफा हब काठमाडौले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘ उत्सवको बहार हरेकलाई उपहार धमाकेदार अफर योजनाको विजेताहरुको घोषणा भएको छ ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत कम्पनीले बिहीबार एक कार्यक्रम समेत आयोजना गरी आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरि ३ जनालाई युरोप (बाकु) टुर प्याकेज पुरस्कार विजेताको घोषणा गरेको हो।

यस योजना अन्तर्गत सोफा हबमा सोफा तथा फर्निचर खरिद गर्दा ग्राहकहरूले एउटा कुपन पाएका थिए । यही कुपनको आधारमा लक्की ड्र बाट विजेता घोषणाअनुसार चितवनका भुमेश्वर ढकाल ,काठमाडौकी निर्मला कार्की, पोखराकी निर्मला पहाडी विजेता भएकी छन । बैकल्पिक बिजेताको लागि चितवनकी सोम माया गुरूङ बनेकी छन।

उक्त अवसरमा सोफा हब काठमाडौका प्रवन्ध निर्देशक तथा सीईओ तारालाल धरेलले सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई एवम् योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै योजनामा ग्राहकहरूको उल्लेख्य सहभागिताले आफू लगायत कम्पनीलाई नै हर्षित बनाएको बताए । साथै उनले आगामी दिनहरूमा सोफा हब काठमाडौले विभिन्न सुविधासहितको ग्राहकमुखी योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

अधिकाँश ग्राहकको रोजाईको केन्द्र बन्दैआएको सोफा हबको काठमाडौँले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरि ग्राहकको मागलाई मध्यनजर गर्दै सामाखुशी रेडनस्थित कोइराला मार्ट,कलंकी , गोठाटार हाईट पोखरा, नेपालगन्ज ,चितवनको लङ्कुमा हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको छ।

५ देखि १० वर्षसम्म वारेन्टी समेत दिएको उक्त सोफा हबले ग्राहकको घरसम्म निःशुल्क डेलिभरीसमेत प्रदान गर्दै आएको छ । घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका सामान ग्राहकहरूले सिधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्थासमेत रहेकोछ। कम्पनीले २०० जना भन्दा बढी कामदारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार दिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु