दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टिआईए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको चौथो दिन ९ खेल सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक ३० गते, शुक्रबार ५:५५

काठमाडौंमा जारी टिआईए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको चौथो दिन ९ खेल सम्पन्न भएको छ ।
बुढानिलकण्ठस्थित टिआईएको कोर्टमा भएको दिनको अन्तिम खेलमा एचएचसीए ए लाई ४८–३९ को स्कोरमा हराउँदै आयोजक टिआईए छात्र ए क्वाटरफाइनलमा पुगेको छ । टिआईएको जितमा बर्दान थापाले १२ स्कोर गरे । यसअघि दिनको पहिलो खेलमा भ्याली पब्लिकले टिआईए छात्रा ए लाई ४१–१९ स्कोरले हरायो।
दोस्रो खेलमा दिक्षालयले निम्सलाई ३३–१२ को स्कोरमा हरायो। यस खेलमा दीपसिखाले १९ स्कोर गरिन् । छात्रातर्फ नै तेस्रो खेलमा मिल्सबेरीलाई हिम रश्मिले १९–० को स्कोरमा हरायो । यस खेलमा हिम रश्मिको खुसीले सर्वाधिक ६ स्कोर गरिन् ।
छात्रातर्फ चौथो खेलमा एनसीसीएसले चाँदबागलाई १६–१४ को स्कोरले हरायो । यस खेलमा एनसीसीएसका लागि गरिमा महर्जनले सर्वाधिक ८ स्कोर गरिन् । छात्रातर्फ अन्तिम खेलमा डाफोडिलले ज्ञानोदयलाई २२–१० को स्कोरले हरायो।
छात्रतर्फ रोमाञ्चक खेलमा विल्सनलाई ज्ञानोदयले ३५–३३ को स्कोरदे हरायो । ग्रिनल्याण्डले आयोजक टिआईए बी लाई ५८–२४ को स्कोरले पराजित गर्यो। गिनल्यान्डको जितमा सुरेश बिसिले १५ स्कोर गरे । डाफोडिलले काष्ठमन्डपलाई १९–८ को स्कोरमा पारजित गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु