नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयीमिसन–२०२६ खेलकुद अभियान हो’’– घिसिङ

कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट पाँच उदयीमान खेलाडी छनोट गर्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर ४ गते, मंगलवार १८:१३

काठमाडौं। हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट पाँच उदयीमान खेलाडी छनोट गरेको छ ।

मङ्गलबार कर्णाली याक्सले सुर्खेत वीरेन्द्रनगरमा भएको छनोट प्रतियोगिताबाट छानिएका पाँच जना उत्कृष्ट खेलाडीको नाम मंगलबार सार्वजनिक गर्यो । कर्णालीले सुर्खेतमा छनोट कार्यक्रम गरेको थियो ।

कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट मनिष थापा, निश्चल रावल, विपिनप्रसाद शर्मा, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छानेको छ । उनीहरुले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

अब अन्तिम चरणको छनोटबाट यी पाँचमध्ये एक जनाले एनपिएलमा कर्णाली यास्कको प्रतिनिधित्व गर्न पाउने छन् । अबको केही दिनमै ‘आइकोनिक प्लेयर्स’ घोषणा गरिने गर्नेछ ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको थियो । ।

३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् । त्यस्त, वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएल खेल्ने पक्का भइसकेको छ ।

टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । त्यस्तै टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल रहेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु