दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ब्राइट होराइजन र कश्यप सफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर ४ गते, मंगलवार १८:२५

काठमाडौं, मंसिर ४ गते ।
ब्राइट होराइजन र कश्यपले १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सफलता पाएका छन् ।
ब्राइट होराजनले बौद्ध चिल्ड्रेन हेभनलाई १४–८ ले पराजित ग¥यो । ब्राइट होराइजनको जितमा दिपेनले ७ अंक योगदान गरे । एलेन लामाको ९ अंक सहयोगमा कश्यपले सेबलाई १५–१४ को झीनोअन्तरले हरायो । निर्धारित समयको खेल १२–१२ को स्थितिमा टुंगिएको थियो । जुनियर ब्वाइजमै डिफेन्डिङ च्याम्पियन आयोजक रेडियन्ट पब्लिकले पिपुल्स एकेडेमीमाथि २०–१५ को जित दर्ता ग¥यो । विजेताका सोहाम बुढाथोकीले ८ स्कोर गरे ।
सिनियर ब्वाइजमा पुष्पसदनले रेडियन्ट रिडर्स एकेडेमीलाई ३४–२१, आयोजक रेडियन्टले पिपुल्सलाई ३२–२३ र काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटले श्रृजना ज्ञान सागरलाई २५–११ ले पाखा लगाए । पुष्पसदनका मनीष गुरुङले १२, रेडियन्टका सुसनराज न्यौपानेले १५ र सेन्ट्रल स्टेटका अग्रिमले १२ अंक बटुले ।
सिनियर गल्र्समा जेसिसले सेन्ट्रल स्टेटलाई ११–७ ले पराजित गरे । जेसिसकी स्मृति थापाले ९ अंक जोडिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु