दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रोफेशनल राष्ट्रिय हाप्किडो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर ८ गते, शनिबार १९:०३

बाँके जिल्ला हाप्किडो संघ र नेपाल हाप्किडो संघको सहकार्यमा आगामी २०८१ पौष १२–१३ गते लुम्बिनी प्रदेशको नेपालगन्ज रंगशालामा दोस्रो प्रोफेशनल राष्ट्रिय हाप्किडो च्याम्पियनशिप आयोजना हुने भएको छ । च्याम्पियनशिपमा विभिन्न हाप्किडो खेलाडीहरूको लागि एक महत्वपूर्ण प्लेटफर्म हुने छ । जसले उनीहरूको क्षमता र हाप्किडोको व्यावसायिकता प्रदर्शन गर्न सक्ने अवसर प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ७ प्रदेशका पुरुष र महिला खेलाडीहरूको प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक तथा नेपाल हप्किडो संघका केन्द्रिय सदस्य मोहमद समिर हलुवाईले जानकारी गराए ।
यस च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसले उनीहरूको कठिन परिश्रम र समर्पणलाई सम्मान गर्ने अवसर प्रदान गर्नेछ । यस च्याम्पियनशिपबाट उत्कृष्ट हुने खेलाडीहरु आगामी २०२५ जनवरी ०९ देखी १२ तारिखसम्म भारतमा आयोजना हने अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमाको लागि खेलाडी छनोट हुने छन् ।
नेपाल हप्किडो संघ र बाँके जिल्ला हाप्किडो संघको सहकार्यमा आयोजित यस च्याम्पियनशिपले नेपालका विभिन्न क्षेत्रका हाप्किडो प्रेमी र खेलाडीहरूलाई एकत्रित गर्न, हाप्किडो खेलको स्तर वृद्धि गर्न र नयाँ प्रतिभाहरूलाई उजागर गर्न मद्दत गर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु