तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कोचिङ सेमिनार सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर ८ गते, शनिबार १९:२०

राष्ट्रिय कोचिङ सेमिनार शनिबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । आईटीटीएफ माइ जेन्डर माइ स्ट्रेन्थ कार्यक्रमअन्तर्गत सेमिनार सञ्चालन गरिएको हो ।
नौपटककी राष्ट्रिय च्याम्पियन तथा अमेरिकाको युनिभर्सिटी अफ डेलावेरबाट आईसीइसीपीमा स्नातक गरेकी नविता श्रेष्ठले सहभागीलाई प्रशिक्षण दिइरहेकी छिन् । ४ पुरुष र १३ महिला गरी १७ जना सहभागी छन् । सेमिनार आइतबार सम्पन्न हुनेछ ।
आईटीटीएफ माइ जेन्डर माइ स्ट्रेन्थअन्तर्गत यो तेश्रो कार्यक्रम हो । पहिलो चरणको कार्यक्रम भर्चुअल भएको थियो । दोश्रो चरणको कार्यक्रम अनसाइट प्रोजेक्ट एट एसियन कन्टिनेन्टल होप्स एन्ड च्यालेन्ज जोर्डनको अम्मानमा भएको थियो । त्यसमा नविता सहभागी भएकी थिइन् । विशेषगरी महिला लक्षित यो कार्यक्रम विश्वव्यापी रुपमा सञ्चालन गरिएको नविताले जनाएकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु