दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बिश्व भरका नेवा :समुदायका लागी रञ्जना लिपि अनलाइन कक्षा संचालन”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर ९ गते, आईतवार ५:४३

-सचिन्द्र श्रेष्ठ

बिश्व भरी छरिएर रहेका नेवा :समुदायको आफ्नो भाषा र लिपि लोप हुन नदिन नेवा समुदायका इच्छुक ब्यक्तिका लागि अनलाइन कक्षा सञ्चालन गरिएको छ । नेवा समुदायको रञ्जना लिपि सरासर पढ्न,लेख्न र बोल्न समेत सहज हुने अभिप्रायले अन लाइन कक्षा सञ्चालन गरिएको नेवा:पुच: यूएईका अध्यक्ष बिरेन्द्र नकर्मिले बताए।

अनलाइन कक्षा संचालन हुनुले नेवा: समुदायका व्यक्तिहरुलाई बिर्सिएका आफ्ना भाषाहरु,लिपिहरु सम्झिनका लागि सजिलो भएको बताएका छन् ।

मङ्गसिरको पहिलो साता शनिबार देखि अनलाइन कक्षा सुरु भएको पुच:का अध्यक्ष नकर्मिले नेवा: समुदायका इच्छुक ब्यक्तिहरु सरासर पढ्न, लेख्न सक्ने बनाउन, लामो समय सम्मका लागि अनलाइन कक्षा सञ्चालनको व्यवस्था गरिएको जानकारी दिनुभयो र हाललाई नौ जना बिद्यार्थीले शुल्क तिरेर लिपि सीकी रहेका छन।

इन्टरनेटको पहुँच संगै घरमै कम्प्युटर, ल्यापटप वा स्मार्ट फोनको प्रयोग गरी शिक्षा प्राप्त गर्ने हेतुले नेवा: पुच: यूएईको सहकार्यमा प्रशिक्षक रीना शाक्यले साप्ताहिक रुपमा जुम एप मार्फत अनलाइन कक्षा संचालन गर्नु हुने छ।

नेवा: समुदायको भाषा,लिपि,रहनसहन र सांस्कृतिक संरक्षणमा समेत सहयोग पुर्‍याएको प्रतिक्रिया दिएका छन् ।यस अनलाइन कक्षा मार्फत आफूहरुले प्रभावकारी शिक्षण सिकाइ पाएको र नेवा: समुदायमा पनि फरक फरक लिपिको जानकारी पाएकोमा खुसी ब्यक्त गरे।

यस अनलाइन कक्षाबाट प्रवासमा रहेका ब्यक्तिहरू लाभान्वित हुने भएका छन । बैदेशिक रोजगारी,अध्ययनको सिलसिलामा देश बाहिर रहेर पनि भौतिकरूपमा कक्षामा उपस्थित नभई संसारको जुनसुकै क्षेत्रमा रहेका इच्छुक व्यक्तिले आफूले चाहेको जुनसुकै समय ब्यबस्थापन गरी उक्त भाषा,लिपि सिक्न मद्दत पुगेको अध्यक्ष नकर्मिले बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु