दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समाजसेवी लायन राजेश हिमालय सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर ९ गते, आईतवार ७:२५

काठमाडौं – लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपका पूर्व प्रेसिडेन्ट तथा बरिस्ठ समाजसेवी राजेश हिमालय सम्मानित भएका छन् ।

सामाजिक र धर्म संस्कृतिमा सकृय रहँदै आएकाे सिन्धुपाल्चोक तामाङ समाज युएईले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी
समाजसेवी राजेश हिमालयलाई सम्मान गरेकाे छ।

सम्मानित जोशीला हिमालयले लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपका प्रेसिडेन्ट हुँदा हालैमात्र जाजरकोटमा गएको भुकम्पपिडीतहरुका लागि करिब १५ लाख बराबरको लत्ताकपडा, त्रीपाल लगायतका सामग्रीहरु भाैगाेलिक बिकट जिल्ला जाजरकोटमा गएर आफैले वितरण गरेका थिए । उहाँले देशभरीका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा शैक्षिक समाग्रीलगाएत खेलकुदका समाग्रीहरूपनि सहयोग गर्दै आइरहनुभएकाे छ ।

उहाँले शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेकाे इसिएलएफ नेपालसंगकाे सहकार्यमा देशभरीका विभिन्न विद्यालयमा सयाैं कार्यक्रमहरू गरिसक्नुभएकाे छ । उहाँले रत्न छत्र हिमालय फाउण्डेसन स्थापना गरी शैक्षिक अभियान मार्फत विभिन्न विद्यालयहरूमा शैक्षिक समाग्रीलगाएत खेलकुदका समाग्रीहरू सहयोग गर्दै आइरहनुभएकाे छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु