आशिर्वाद देउ हे आमा काम गर्न अगाडि बढछौ
देखाई देउ बाटो सहज तरिकाले हिडने छौ
आफ्नो पौरखले यो माटाेमा अन्न उब्जाउने छौ
रिता होलान् भकारीहरु अब हामीले भर्नेछौ
कुन बाटो जादा ठिक हुन्छ सोचेर बताउ
सबै जना मिलेर ज्ञानको ज्योति फैलाउ
प्रत्येक बस्ती बस्तीमा ज्ञानको ज्योति फैलाउनु छ
सुख्खा ठाउँहरुमा सिचाइको प्रवन्ध गर्नु छ
नेपाली माटाेको बारेमा बुझ्नु र पढनुपर्छ
हामीले फेर्ने सासमा नेपालीपन हुनुपर्छ
आशिर्वाद देउ हे आमा काम गर्न अगाडि बढछौ
देखाई देउ बाटो सहज तरिकाले हिडने छौ
लेखक : गोबिन्द राज ओझा (राजन )