तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एक्सन लभस्टोरी फिल्म ‘सत्या’आज देखि प्रदर्शनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर १४ गते, शुक्रबार ७:४९

काठमाडौं । लभस्टोरी एक्सन चलचित्रको रुपमा हेरीएको “सत्या” चलचित्र आजदेखि हलहरुमा आउने भएको छ ।
केहि समय अगाडीनै निर्माण सम्पन्न भएर प्रदर्शनको तयारीमा रहेको लभस्टोरी एक्सन फिल्म “सत्या”ले एक केहि समय अगाडीनै ट्रेलर सार्वजानिक गरिसकेको छ । चलचित्रमा बिकास थापा मगर, राज कालाखेती, प्रिया शर्मा, करणसिंह बोहरा, वर्षा थिङ, सुमन खत्री, तेजा ऐर, ममता पौडेललगायतका कलाकारले अभिनय गरेका छन् भने चलचित्रको प्रस्तुति बिकास थापामगर र निर्देशन मिलन आले मगरको रहेको छ ।
करिब एक करोडको हाराहरी लगानीमा बनेको यो चलचित्रका प्रस्तुतकर्ता तथा अभिनेता बिकास थापामगरले चलचित्रका हिरोइन तथा केही निर्माता बिदेशमा रहेकाले प्रदर्शनमा अलि ढिला भएको बताउँदै ‘सत्या’ भरपुर मनोरञ्जक बनेको दावी गरेका छन् ।
यसै चलचित्रबाट अभिनयमा पाइला राखेका राज कालाखेतीले ‘सत्या’ बाट आफू निकै आशावादी रहेको बताए । उनले पछिल्लो समय एक्शन चलचित्र प्रति दर्शकको रुचि बढेकाले आफ्नो चलचित्र पनि दर्शकले मन पराउने बिश्वास ब्यक्त गरे ।
धनेश्वर फिल्मस् एण्ड एडभरटाइजिङको प्रस्तुत रहेका ‘सत्या’ को निर्मातामा सुमन खत्री र झुम्कादेवी कालाखेती छन् भने स्क्रिप्ट श्रवण सम्राटले लेखेका हुन सुमनकुमार तण्डुकारले खिचेको चलचित्रका गीतमा बिकास चौधरीको संगीत, रामजी लामीछाने, सुरेश पाण्डे र सुरेन बसेलको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन छ निर्देशन मिलन आलेमगरले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु