ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

सरकारसँग मुक्त कमैया, हलिया र कमलरीहरुको १० बुँदे माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर १५ गते, शनिबार ०६:२८

काठमाडौं, १४ मंसिर । राष्ट्रिय कृषि बधुवा संघर्ष समितिले कमैया, हलिया र कमलरी मुक्तिको सन्दर्भमा भएका सहमतिहरु तत्काल कार्यान्वयनमा लैजान सरकारको ध्यानाकार्षण गराएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले विभिन्न १० बुँदे मागहरु सार्वजनिक गरेका हुन् ।
कार्यक्रमका वक्ता बलराम भट्टराईले नेपालमा अत्यन्तै पछाडि पारिएका समुदायको रुपमा मुक्त कमैया, मुक्त हलिया, हरुवाचरुवा र कमलरी रहेको बताए । सरकारले उनीहरुलाई बधुवा श्रमिकको रुपबाट औपचारिक रुपमा मुक्तिको घोषणा गरेपनि उनीहरुको पुनर्स्थापना नभएको उनको भनाइ छ । सरकरले २०७९ साउन २ गते हरुवा चरुवा मुक्तिको घोषणा गर्दै लगत लिने, परिचय पत्र वितरण गर्ने लयातका आश्वासन दिएपनि अहिलेसम्म त्यो काम हुन नसकेको बताए ।
कमैयालाई मुक्त गर्दा जमिन, आवास, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको कुराहरुमा सरकारले प्रतिवद्धता व्यक्त गरेको बताउँदै उनले उक्त समुदायले अहिले पनि मुक्तको आभास गर्न नपाएको बताए । बधुवा श्रमिक नेपालको संविधानको प्रतिकूल रहेको बताए । यसबारेमा राज्य थप जिम्मेवार हुनुपर्ने उनले बताए ।
मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले कमैया मुक्त घोषणा भएको २४ वर्ष पुग्दा पनि पुनर्स्थापना हुन नसकेको बताए । देशमा परिवर्तन भएर संघीयता आएपनि आफूहरुलाई अधिकारको लागि सिंहदरबार धाउन नै बाध्य पारिएको उनले बताए । अध्यक्ष चौधरीले आफूहरुको मसस्या कसले सुन्ने भन्ने थाहा नै नभएको बताए । मुक्त कमैयाहरुले परिचय पत्र र लालपुर्जा पाएपनि जमिन कहाँ छ भन्ने कुरा ठेगान नरहेको बताए । ‘हामीले राज्यसँग भन्दै आएका छौं– कमसेकम बस्नका लागि जमिन देउ । तर, राज्य मौन भएर बस्नु, स्थानीयलाई देखाउनुलगायतका काम भइरहेको छ,‘– उनले भने ।
हरुवा चरुवा अधिकार मञ्चका केन्दीय समस्य रामकृष्ण मण्डलले हरुवा चरुवाको सन्दर्भमा सरकारले केही नसोचेको र आफूहरुको जीवन कष्टकर नै रहेको बताए । आफूहरुको पुनर्स्थापनाको माग अहिलेसम्म सरकारले सुनुवाइ नगरेको उनले बताए ।
कमैया महिला जागरण समाजकी अध्यक्ष कृष्णा चौधरीले आफूहरुको समस्या समाधान अहिलेसम्म पूरा नभएको बताईन् । उनीहरुले आफूहरुको १० बुँदे मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरिन् । कमैया र कमलरी मुक्ति भएको लामो समय भएपनि उनीहरुले पारिश्रमिक नपाइरहेको उनले बताईन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु