काठमाडौ । काठमाडौं जेसिजको ४२ औँ शाखा अधिवेशन तथा ५४ औँ साधारण सभाले बर्ष २०२५ को लागि श्याम कुमार घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
शुक्रबार कान्तिपथस्थित होटल यल्लो प्यागोडा भएको काठमाडौं जेसिजको अधिवेशनले घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्ष चुनेको हो । नव निर्वाचित घिमिरे दुग्धजन्य व्यावसायिक क्षेत्रका एक सफल युवा उद्यमी हुनुका साथै समाजसेवीको रूपमा समेत परिचित छन् ।
अधिवेशनले आईपीपी सिनेटरमा अन्जिला खड्का कार्यकारिणी उपाध्यक्षहरूमा बसन्त तामाङ,गोविन्द ओझा,विकास श्रेष्ठ (मिलन) उपाध्यक्षहरुमा मनोज आचार्य,सुनिल श्रेष्ठ, सुमन मैनाली,प्रसिस पौडेल,दुर्गा थापा,दिपक लामिछाने मनोनित भएका छन् ।
यस्तै महासचिवमा नवराज भण्डारी कोषाध्यक्षमा ध्रुव तिवारी जनरल लिगल काउन्सिलर (जीएलसी) मा करुणा थापा, जोइन्ट महासचिव राज रौनियार र जोइन्ट कोषाध्यक्ष सिद्धान्त गौली लाई चयन गरेको छ ।
काठमाडौं जेसिस पुरानो र प्रतिष्ठित शाखा हो । जेसिसले विभिन्न सामाजिक काम गर्दै आएको छ ।