
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को वडाध्यक्षमा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी हुन् । स्थानीय तहमा रास्वपाले खाता खोलेको हो ।
वडा नम्बर १६ मा रास्वपाकी श्रेष्ठले २ हजार ९०२ ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवारले २ हजार २१४ र नेकपा (एमाले)का २ हजार २२० मत ल्याए ।


