दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टोखा नगर गौरव सम्मान’ ग्रान्डी अस्पताललाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर १७ गते, सोमबार ९:२५

काठमाडौँ, १६ मङ्सिरः जिल्लाको टोखा नगरपालिकाले ‘नगर गौरव सम्मान’ ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीलाई प्रदान गरेको छ । टोखाले ११औँ नगर स्थापना दिवसका अवसरमा नेपालको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरी टोखालाई देश–विदेशमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै ग्रान्डी अस्पताललाई सम्मान प्रदान गरेको हो । उक्त सम्मान आज नगरप्रमुख प्रकाश अधिकारीले अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरलाई प्रदान गर्नुभयो । सम्मान प्रदान गर्दै नगरप्रमुख अधिकारीले समृद्ध टोखा निर्माणमा महत्वपूर्ण भूमिका प्रदान गरेका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि सम्मानित सङ्घसंस्थाले टोखाको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा सगरमाथा आरोही सुवेर श्रेष्ठ, वरिष्ठ साहित्यकार नयनराज पाण्डेय, वरिष्ठ हास्य कलाकार सन्तोष पन्त, औषधि उद्योग देउराली जनता फर्मास्युटिकल्सलाई सम्मान गरेको छ । यसैगरी, टोखामा बसोबास गरी विभिन्न विषयमा विद्यावारीधि हासिल गर्ने ३३ जनालाई सम्मान गरेको छ । ओलम्पियन अर्जुन पण्डित, गिनिज वल्र्ड रेकर्ड साजन डङ्गोल, महिला राष्ट्रिय क्रिकेट खेलाडी खुशी डङ्गोललाई समेत सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु