तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

केपीए वेडिङ फोटो अवार्ड २०२४” आयोजना गर्दै काठमाडौँ फोटोग्राफर संघ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर १७ गते, सोमबार १३:०४

काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले “केपीए वेडिङ फोटो अवार्ड २०२४” गर्ने भएको छ ।
देशैभरका फोटो ग्राफरहरुलाई लक्षित गरि आयोजना गरिएको यो अवार्डमा फोटोग्राफरहरूले आफूले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् ।
विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्नेछन् ।
यहि मंसिर ३० गते सम्म आएका फोटो तथा भिडियो हरुलाई उत्कृष्टताको आधारमा अवार्ड वितरण गरिने आयोजक पक्षले जानकारी दिएको छ । २०८१ पौष १२ गते राष्ट्रिय नाचघर जमलमा विशेष कार्यक्रम बिच बिजेतालाई अवार्ड वितरण गरिने छ ।
नेपालका विवाह परम्पराको कला संस्कृति र सौन्दर्यलाई प्रोत्साहन गर्नुको साथै नेपाली फोटोग्राफरहरू सम्मान गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरेले बताए ।
अवार्डका लागि नेपालभरका फोटो तथा भिडियो मङ्सिर ३० गतेसम्ममा पठाइसक्नु पर्ने र सहभागिताको लागि धधध।पउब।यचन।लउ मा गुगलफर्म भर्नुपर्ने आयोजकले जानकारी दिएको छ ।
अवार्ड सकिएको भोलिपल्ट नै राष्ट्रिय कला परिषद्, बबरमहलमा फोटो प्रदर्शनी पनि आयोजना गर्न लागिएको घिमिरेले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु