
यो सृष्टी ,यो संसार रहेसम्म मनमा माया रहिरहन्छ
तिम्रै हु म सदा सदा तिमै हुन मन छ
साथमा तिमी छौ,राखौला केही कुरा
मायालु तिमी मेरो हृदयमा छौ र माया भयो गाढा
यो जीवनमा मैले तिम्रो साथ पाउनुपर्छ
बाटो कुरि बसे म अब तिमी आउनुपर्छ
तिमी सदा सदाको लागि मेरै हौ
टाढा टाढा भए पनि यादहरुमा आउछौ
तिम्रो लागि मेरो जन्म वा मेरो लागि तिम्रो जन्म थाहा छैन
मैले भन्नू सबै भने कुनै कुरा लुकाएको छैन
यो सृष्टी ,यो संसार रहेसम्म मनमा माया रहिरहन्छ
तिम्रै हु म सदा सदा तिमै हुन मन छ
साथमा तिमी छौ,राखौला केही कुरा
मायालु तिमी मेरो हृदयमा छौ र माया भयो गाढा
लेखक : गोबिन्द राज ओझा (राजन )


