दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मातृभूमि बास्केटबल सोमबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २० गते, बिहीबार १७:२८

मातृभूमि स्कुलको आयोजनामा मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ३ विधामा जम्मा २७ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा मातृभूमिका अंक गणित र विज्ञानका को–ओर्डिनेटर जयराम अधिकारीले जानकारी गराए ।
सिनियर ब्वाइज र गल्र्समा समान ७–७ तथा जुनियर ब्वाइजमा ११ गरी २५ टिमको सहभागिता रहने छ । सिनियर टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । जुनियर ब्वाइजलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट पद्धतिमा खेल खेलाइने छ । समूहको शीर्ष २ टोली क्वाटरफाइनलमा पुग्ने छन् ।
युवा खेलाडीलाई उनीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । दसदिने प्रतियोगिताका खेलहरु सानोथिमीस्थित आयोजककै कोर्टमा खेलाइने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु