दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

किन्डर ओलम्पिकको तयारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २० गते, बिहीबार १७:३३

अर्ली चाइल्डहुड एजुकेशन टिचर्स एसोसिएसन (इसीइटीए) को आयोजनामा १२ औं किन्डर ओलम्पिक शनिबारदेखि हुने भएको छ ।
विभिन्न ३८ विद्यालयका ३ देखि ६ वर्षसम्मका १ हजार ८ सय भन्दा बढी बालबालिकाको सहभागितामा हुने कार्यक्रम तीन चरणमा हुने आयोजकका सल्लाहकार केदारमान स्थापितले जनाएका छन् । विभिन्न खेल समावेश गरिने किन्डर ओलम्पिकको पहिलो कार्यक्रम मंसिर २२ गते हुनेछ । दोश्रो पुस १० र तेश्रो माघ २७ गते हुनेछ । तीनै चरणको कार्यक्रम लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ ।
सहभागीले तेक्वान्दो, उसु, कराते, जिन्याष्टिकलगायतका खेलको प्रदर्शनी खेल प्रस्तुत गर्ने छन् । ‘जित्नु भन्दा सहभागिता महत्पूर्ण छ’ भन्ने उद्देश्यसाथ आयोजना गरिएको किन्डर ओलम्पिकमा सहभागी सबैलाई पदक प्रदान गरिने छ ।
सानै उमेरदेखि विद्यार्थीहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने उदेश्यले किन्डर ओलम्पिकको सुरुआत गरिएको आयोजकले जनाएको छ ।
विभिन्न विद्यालयमा कार्यरत शिक्षिकाहरु मिलेर वि सं २०६८ सालमा स्थापना गरिएको इसीइटीए नाफारहित गैर सरकारी संस्था हो । यो संस्थाले मूलतः बालबालिकाहरुको चौतर्फी विकासमा मदत गर्ने क्षेत्रमा काम गर्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु