तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

दिपाज रनवे सिजन ३ को पहिलो अडिसन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २२ गते, शनिबार २१:३१

भरतपुर÷दिपाज इभेन्टको आयोजनामा हुने दिपाज रनवे सिजन ३ को पहिलो अडिसन सम्पन्न भएको छ । भरतपुरस्थित लाइम एण्ड लेमनको प्राङ्गणमा सम्पन्न अडिसनमा १७ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो ।
उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्ट र युनिक्लो बुटिककी सञ्चालिका राधा शर्मा अडिसनको निर्णायकको भूमिकामा रहनु भएको थियो । सहभागी प्रतिस्पर्धीहरुले आफ्नो परिचय राउण्ड, क्याटवाक राउण्ड र अन्य प्रस्तुतिहरुको आधारमा अडिसनमा सहभागिता जनाएका थिए ।
दिपाज इभेन्टकी कार्यकारी निर्देशक दिपा पाठकको नेतृत्वमा आयोजना हुन लागेको दिपाज रनवे सिजन ३ को कोरियोग्राफरहरु इन्दर श्रेष्ठ, नामजुन सुमिन रहेका छन् भने, प्रतियोगिताको इभेन्ट म्यानेजरहरुमा श्रीजा श्रेष्ठ, सरिता सुनार रहनुभएको थियो । प्रतियोगिताको गाथा स्टुडियोले छायाँकन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु