
गोबिन्द राज ओझा (राजन )
तिम्रो नाम सोच्दा सोच्दै धेरै समय बिते छ
तिम्रो मायाले मेरो दिलमा घर बनाएर बसे छ
मुटुमा धडकन रहेसम्म माया रहिरहन्छ
सधै भरी तिमी सँगै बोलिरहु जस्तो लाग्छ
तिमी सँग माया प्रेमको जाल पनि बुन्नु छ
तिम्रै भएर यो जगतमा रहनु पनि छ
शरीरमा आत्मा रहुन्जेल तिम्रै हुन पाउ
तिमी सँगै साथमा रहन अब म आउ
यो मनले धेरै समय तिम्रै बारेमा सोच्छ
तिम्रो साथले मात्र मेरो ढुकढुकी चल्छ
तिम्रो नाम सोच्दा सोच्दै धेरै समय बिते छ
तिम्रो मायाले मेरो दिलमा घर बनाएर बसे छ
मुटुमा धडकन रहेसम्म माया रहिरहन्छ
सधै भरी तिमी सँगै बोलिरहु जस्तो लाग्छ


