तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मानवसेवा आश्रम निर्मानार्थ महायज्ञः डाक्टर कँडेलको सेवासँगै दान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २४ गते, सोमबार ६:४१

सुर्खेत। कर्णाली प्रदेशस्तरीय मानवसेवा आश्रम निर्मानार्थ महायज्ञको आइतबार तेस्रो दिन पुगेको छ। आठ दिनसम्म चल्ने महायज्ञमा कथावाचनसँगै थुप्रै कार्यक्रम भईरहेका छन्। जसमध्ये एउटा स्वास्थ्य शिविर हो। महायज्ञ अवधिभर प्रत्येक दिन निशुल्क स्वास्थ्य शिविर भईरहेका छन्। शिविरमा दक्ष चिकित्सकद्वारा नियमित स्वास्थ्य जाँचअन्तर्गतका सेवा निशुल्क प्रदान भईरहेका छन्।
आइतबार वरिष्ठ हाडजोर्नी रोग विज्ञेषज्ञ डा. रुपक कँडेलले आफ्नो तर्फबाट निशुल्क सेवा दिएका छन्। सुर्खेतको कर्णाली केयर इन्टरनेशनल अस्पतालमा कार्यरत कँडेलले महायज्ञको मुल आयोजक समितिको आग्रहमा निशुल्क सेवा दिएका हुन्।
स्वास्थ्य शिविरमा सहभागी भएर फर्किने क्रममा डा. कँडेलले मानवसेवा आश्रम निर्माणका लागि नगद सहयोग पनि गरेका छन्।
उनले आफ्ना हजुरबुवा हरिलाल कँडेल र हजुरआमा हरिकला कँडेलको सम्झनामा आफनो परिवारको तर्फबाट ६ लाख ५५ हजार १५५ रुपैयाँ दान गरेका हुन्।
यस्तै प्रदेशस्तरीय मानवसेवा आश्रम भवनको एउटा कोठा निर्माण गरिदिने घोषणा पनि डा. कँडेलले गरेका छन्।
मानव सेवा आश्रमको पहलमा यही मंसिर २१ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा श्रीमद भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ भईरहेको छ। महायज्ञबाट दानस्वरुप संकलन भएको रकम प्रदेशस्तरीय मानवसेवा आश्रम निर्माणमा लगानी गरिने छ।
यसक्रममा विभिन्न स्थानीय तहलगायतले आश्रम निर्माणका क्रममा सहयोग गर्ने घोषणा गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु