तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २४ गते, सोमबार ६:५४

काठमाडौं, मंसिर २३ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा हाइ लेभल स्पोर्ट्स सेमिनार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबारदेखि सुरु भएको छ ।
सेमिनारको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै प्रशिक्षण विधिलाई वैज्ञानिक बनाउन व्यापक सुधारको खाँचो रहेको आवश्यकता औल्याए ।
पुस ३ गतेसम्म चल्ने सेमिनारमा विभिन्न खेलका ३२ प्रशिक्षक सहभागी छन् । सहभागीलाई सुशिलनरसिंह राणाले एप्लाइड साइन्स, सञ्जय महर्जनले न्युट्रिसन, रमन नेपालले साइकोलोजी र डा. भद्र हमालले स्पोर्ट्स इन्जुरी र प्राथमिक उपचार सम्बन्धी ज्ञान दिने छन् । उद्घाटनका अवसरमा वरिष्ठ लेखा अधिकृत प्रजापति दाहालले स्वागत मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु