दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

छोरीको आशामा १३ छोरा जन्मेर हैरान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २४ गते, सोमबार ७:०३

काठमाडौं। छोरीको आशाका एकपछि अर्को छोरा जन्माएर ब्राजिलका एक दम्पत्तिले विश्वलाई चकित पारिरहेका छन्। इरिनुए र जूसिसिलेडी दम्पत्तिले विगत २० बर्षदेखि लगातार छोरा जन्माइरहेका छन्। हालसम्म यी दम्पित्तिले १३ जना छोराहरु जन्माइसकेका छन्। यी दम्पत्तीका सबै छोराहरु १ महिनादेखि १८ वर्ष उमेर समूहका छन्।

अन्तरराष्ट्रिय समाचार माध्यमका अनुसार, फुटबलका पारखी ४० वर्षीया यी छोराहरुका बुवा इरिनुएले आफ्ना सबै छोराहरुको नाम फुटबल खेलाडीहरुको राखेका छन्। इरिनुए र उनकी श्रीमती जूसिसिलेडीले छोरी नजन्माएसम्म आफूहरु नरोकिने बताएका छन्। श्रीमती पहिलो पटक गर्भवती भएदेखि नै इरिनुएले छोरी जन्मने आशा गरेका थिए।
यो सिलसिला १३ औं सन्तान भएपछि पनि जारी छ । दम्पत्तीका सबै छोराहरुको नाम अंग्रेजी अक्षर ‘आर’ बाट सुरु हुने दक्षिण अमेरिकी फुटबल खेलाडीहरुको नाममा राखेका छन्। दम्पत्तीले अघिल्लो महिना मात्र जन्मेका छोराको नाम ‘क्रिस्टियानो रोनाल्डो’ राखेका छन् । यो परिवार ब्राजिलको कानसिकाओको कोटी इलाकामा बस्ने गर्दछन्।

प्रकाशन मिति–२०८१ मंसिर २३ गते आइतवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु