
काठमाडौं। हुम्लामा हिमपात शुरु भएको छ। हिमाली जिल्ला हुम्लामा आइतबार रातिदेखि हिमपात सुरु भएको हो। यो यस वर्षको पहिलो हिमपात भएको बताइएको छ। सोमबार बिहान सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ। उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको छ। हिमपातले गर्दा हुम्लामा चिसो बढेको छ। यस वर्ष ढिला गरी हिमपात शुरु भएकाले यहाँका किसान खुशी भएका छन्। हुम्लीवासी हिमपात भएपछि मौसम ठीक हुने र खेती सप्रिनेमा विश्वस्त छन्। उनीहरु हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै दङ्ग परेका हुन्।
प्रकाशन मिति–२०८१ मंसिर २४ गते सोमवार ।


