
काठमाडौँ । काठमाडौंस्थित मूलश्री महाविहारमा आयोजित एक समारोहमा मूलश्री महाविहार र पिङ्गला विहारको अन्य विहारसंग सम्बन्ध नामको पुस्तक विमोचन भएको छ । वरिष्ठ बौद्ध विद्वान यज्ञमान पति बज्राचार्य, धर्माेदय सभाका महासचिव सागरमान बज्राचार्य, सुगत बौद्ध महाविद्यालयका प्राचार्य सुनिता बज्राचार्य, राज गुरुजु मन्जु श्री रत्न बज्राचार्य, बज्राचार्य क्लबका अध्यक्ष सर्जु बज्राचार्य र मूलश्री महाविहार संरक्षण समितिका अध्यक्ष समज्वल रत्न बज्राचार्यले संयुक्तरुपमा उक्त पुस्तक विमोचन गरेको हो।
प्रसिद्ध भूगर्भविद् एवम् हिमनदी, हिमताल र पहिरो विशेषज्ञ समज्वल रत्न बज्राचार्यले मूलश्री महाविहार सम्वन्धी एक दशकसम्म अध्ययन र अनुसन्धान गरि समेतेको सामग्रीलाई महायान बुद्धधर्ममा स्नातकोत्तर उपाधिका निम्ति आवश्यक शोधपत्रलाई नै पुस्तकको रुप दिएको थियो । आप्mनो मन्तव्यको क्रममा लेखक समज्वलले यस पुस्तकबाट मूलश्री महाविहारका बज्राचार्यहरुले ४५० बर्ष अघिका आप्mना १७ पुस्ताका वंशवृक्ष र पारिवारिक सम्बन्ध सजिलै थाहा पाउन सक्ने बताए । यसै क्रममा उनले मूलश्री महाविहार र चाबहिलस्थित पिम्बहालको ऐतिहासिक तथ्यगत सम्बन्ध र मूलश्री महाविहारको सत्रांै शताब्दीसम्मको ऐतिहासिक तथा वस्तुस्थितिको विस्तृत विवरण समेत समेट्ने प्रयास गरेको बताए।
विमोचित पुस्तकलाई सुगत बौद्ध महाविद्यालयका सहप्राध्यापक एवम् शोधपत्रका थेसिस गाइड शान्त श्री रत्न बज्राचार्य र महाविहारका कुलवधु मिनु बज्राचार्यले समीक्षा गरेका थिए । उक्त कार्यक्रममा विमोचनकर्ताहरुले शुभकामना मन्तव्य दिने क्रममा यसप्रकारको अनुसन्धानमूलक कृतिहरु अरु महाविहारहरुले पनि प्रकाशित गर्न जोड दिए । यसै क्रममा समितिका कोषाध्यक्ष छत्रमंगल बज्राचार्यले लुम्विनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा सुवर्णलाल बज्राचार्यले प्रेषित गरेको शुभकामना सन्देश वाचन गरेका थिए। पुस्तकका लेखक तथा समितिका अध्यक्ष समज्वल रत्न बज्राचार्यको सभापतित्वमा उक्त कार्यक्रम समितिका सचिव निर्मल बज्राचार्यले सन्चालन गरेको थियो। कार्यक्रममा उपस्थित भएका महानुभावहरुलाई समितिका उपाध्यक्ष सनम रत्न बज्राचार्यले स्वागत गरेका थिए भने सहसचिव सुशील रत्न बज्राचार्यले धन्यवाद् ज्ञापन गरेका थिए ।
प्रकाशन मिति–२०८१ मंसिर २४ गते सोमवार ।


