दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुनिता डंगोलवाट जग पूजा तथा शिलान्यास

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २५ गते, मंगलवार ६:५९

काठमाडौं। काठमाडौं महानगरपालिकाले टुँडिखेल पश्चिमतर्फको महांकाल मन्दिर परिसर चौघेरा सत्तलको पुनर्निर्माण सुरु गरेको छ। महानगरका उपमेयर सुनिता डंगोलले सोमबार जग पूजा तथा शिलान्यास गरेर निर्माण कार्य प्रारम्भ गरिन्। सम्पदा तथा पर्यटन समिति संयोजक रहेका ८ नम्बर वडाध्यक्ष आशामान संगत, २२ का अध्यक्ष चिनीकाजी महर्जन लगायत गुठियार तथा पुजारीहरूले पूजा गरेर शिलान्यास गरेका हुन्। महानगरले यो सत्तल पुनर्निर्माणका लागि १० करोड ५ लाख १० हजार रुपैयाँमा विनायक|एसपी|बोहोरा जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको छ। सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईका अनुसार परम्परागत निर्माण सामग्री र शैली पुनर्निर्माणको मुख्य विशेषता रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु