
धरान | एकल ब्यक्तित्व समाज नेपालको सुनसरी धरानमा शाखा विस्तार भएको छ। एकल व्यक्तित्व समाज नेपालका संस्थापक अध्यक्ष कपिल लाेहनी र सदस्य प्रकाश कुइँकेलकाे विशेष आतिथ्यतामा धरान शाखाकाे विस्तार भएकाे हाे।
जसअनुसार-
अध्यक्ष – शकुन्तला सुब्बा
उपाध्यक्ष – अशोक ताम्राकार
कोषाध्यक्ष – सीता तुलाधर
सदस्य – सावित्री लामा
सचिव र अन्य दुईजना सदस्य अध्यक्षज्यूले आफ्नो तजबीजले मनोनित गर्नुहुनेछ ।
श्रीमान वा श्रीमती बितेका, सम्बन्ध बिच्छेद भएका, पचास बर्षसम्म पनि विवाह नगरी बसेकाहरू यस संस्थाका सदश्य हुन पाउने छन् र सदश्यहरूले सदश्य भित्रैबाट वा संस्था बाहिरबाट आफूले फेरि पुनर्विवाह गर्न चाहेमा सदश्यहरू स्वतन्त्र हुनेछन् ।
यो संस्था खासगरी एकल ब्यक्तिहरूका लागि, एकल बृद्धबृद्धाका लागि, बालबालिकाहरूका लागि र सामाजिक उत्तरदायित्वका लागि काम गर्न कटिबद्ध संस्था हो ।
यो संस्था काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा २०८० साल श्रावण १ गते दर्ता भएको हो । यो संस्थाको पहिलो शाखा नै सुनसरी धरान शाखा हुनपुगेकाे छ। ।


