दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फेका कप फुटबल यसै सातादेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २५ गते, मंगलवार १५:२७

काठमाडौं ।संस्थागत विद्यालयहरुको संस्था (फेका) को आयोजनामा १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा २५ टिमको सहभागिता रहने फेकाका सह–सचिव एवं प्रतियोगिता संयोजक राजु दाहालले जनाएका छन् ।
प्रतियोगितामा शीर्ष ४ स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र प्रशिक्षकलाई पनि पुरस्कृत गरिने छ ।
पुस ६ गतेसम्म चल्ने नकआउट प्रतियोगिताका खेलहरु मूलपानी चौर मैदानमा हुनेछ । गत संस्करणको उपाधि गेटवे एकेडेमीले जितेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु