तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नर्सिङ संघको चुनावमा कांग्रेस–एकीकृत समाजवादीनिकट संयुक्त नर्सिङ पेसागत समूहले अघि सा¥यो २५ बुँदे एजेण्डा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २५ गते, मंगलवार १५:३७

काठमाडौं । आगामी मंसिर २८ गते हुने नेपाल नर्सिङ संघ (नान) २०औं अधिवेशनका लागि निर्वाचनमा यतिबेला चार प्रमुख राजनीतिक दलका दुई अलग–अलग प्यानल बनेका छन् । संघको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीनिकट नर्सहरूले संयुक्त प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका छन् । उता, नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटहरू संयुक्त पेसागत प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।
एमाले–माओवादी गठबन्धनबाट एमालेकी चन्द्रकला शर्मा र कांग्रेस–एकीकृत समाजवादीबाट एकीकृत समाजवादीकी गंगाकुमारी थापा अध्यक्षका उम्मेदवार छन् । नेपाल नर्सिङ संघ देशको सबभन्दा पुरानो संगठन हो । यो संगठन २०१८ साल माघ १५ गते नेपाली र विदेशी नर्सहरुको पहलमा विधिवत रूपमा दर्ता भएको हो । यो संघले २०२६ अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलबाट मान्यता पाएको थियो ।
देशकै पूरानो मध्येको एक संघ नर्सिङ संघमा १५ हजार ५०० मतदाता छन् । संघको नेतृत्वका लागि संयुक्त प्रगतिशील समूह र संयुक्त नर्सिङ पेसागत समूहले आ–आफ्नो एजेण्डाहरु अघि सारेर मतदाता फकाईरहेका छन् । यसैबीच कांग्रेस र एकीकृत समाजवादीनिकट संयुक्त नर्सिङ पेसागत समूहले यस चुनावका लागि २५ बुँदे एजेण्डा अघि सारेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संयुक्त समूहले २५ बुँदे एजेण्डा अघि सारेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संयुक्त नर्सिङ पेसागत समूह अध्यक्ष पदकी उम्मेदवार गंगा थापाले विगतका कार्यसमितिको नेतृत्वले नर्सिङ क्षेत्रको समस्यालाई हल गर्न नसकेपछि आफूले उम्मेदवारी दिएको बताईन् । उनले आफ्नो समूहले संघको १७ सदस्यमा प्यानल बनाएरै उम्मेदवारी दर्ता गरेको बताएकी छन् ।
कार्यक्रममा बोल्दै अध्यक्षकी प्रत्याशी थापाले संघले नर्सिङ पेशाकर्मीलाई मर्यादित बनाउन विभिन्न समयमा नर्सिङका समस्यालाई राज्य समक्ष पेश गर्ने कार्य गरिहेको बताईन् । २००४६ सालको राजनैतिक र सामाजिक आन्दोलनमा पनि नर्सहरुको समस्यालाई ध्यानाकर्षण गर्दै सडकमा उत्रिएको इतिहास थापाले स्मरण गराइन ।
देशमा अन्य परिवर्तन भएपनि नर्सिङ पेशाकर्मीहरुको अवस्थामा परिवर्तन हुन नसकेको उनले बताइन् । सरकारी अस्पतालमा बिरामीको अनुपातमा दरबन्दी कम हुनु, औषधी र स्वास्थ्य उपकरणहरु पर्याप्त व्यवस्था नहुनुले गुणस्तरीय नर्सिङ सेवा प्रदान गर्न नसकेको उनको भनाइ छ । यी सबै समस्याहरुलाई समाधान गर्न राज्य उदासिन बनेको उनले आरोप लगाइन् । चिकित्सा शिक्षा ऐनमा व्यवस्था गरिए अनुसार नर्सिङ शिक्षक कर्मचारीहरुलाई उचित व्यवस्थापन गर्नुपर्ने अनिवार्य भएको तर, त्यस्तो हुन नसकेको उनले बताइन् ।
अध्यक्षकी प्रत्याशी गंगा थापाले विगतमा संघको नेतृत्वले सबै नर्सिङ क्षेत्रलाई समेट्न नसकेको दाबी गरेकी छन् । ‘त्यसैले संयुक्त नर्सिङ पेशागत समूह यहाँहरु समक्ष खडा भएका छौं । यो विभिन्न क्षेत्र समुदाय, जनजातिहरुको समावेशी विशुद्ध पेसागत नर्सिङ समुह हो । तसर्थ पेशालाई मर्यादित बनाउन एक सशक्त परिवर्तनकारी युवा शक्तिको महसुस गरिएकोले २० औं नेपाल नर्सिङ संघको चुनावमा नर्सिङ पेसागत समुहको संयुक्त प्यानललाई अमुल्य मत दिई अत्याधिक मतले विजय गराइ दिनु हुन सम्पूर्ण नर्सिङ पेसाकर्मीहरुमा हार्दिक अपिल गर्दछौं’ उनले भनिन् ।
संयुक्त नर्सिङ पेसागत समूहले २५ बुँदे एजेण्डा अघि सारेको छ । स्वास्थ्य ऐनमा नर्सिङ सेवासँग सम्बन्धित विभेदपूर्ण संशोधन गर्न पहल गर्ने, प्रसुती बिदा कम्तीमा पनि ६ महिना कायम गर्ने, बिरामीको अनुपातमा नर्सिङ दरबन्दी कायम गर्ने, नर्सिङ पेसाकर्मीहरूको सामाजिक सुरक्षा, स्वास्थय बीमा, औषधि, उपचार लगायतका सेवा सुविधा व्यवस्थापन उसका मुख्य मुद्दा छन् ।
यस्तै संघको कामलाई प्रविधिमैत्री बनाई डिजिटल बनाउने, संघ र स्वास्थ्य मन्त्रालयबीच २०६६ सालमा भएको २१ बुँदे सम्झौतालाई कार्यान्वयन गर्न पहल गर्ने, स्नातक तहका सबै स्वास्थ्यकर्मीहरूको समान तहमा सेवा प्रवेश गर्न स्वास्थ्य सेवा ऐन तत्काल संशोधनका लागि माग गर्नेलगायतका एजेन्डा संयुक्त समूहले उठाएको छ ।
कार्यक्रममा बोल्दै महासचिवकी उम्मेदवार मीना कार्कीले १ लाखभन्दा धेरै नर्सहरु रहँदा पनि नानमा १५ हजारमात्र सदस्य हुनु सन्तोषजनक नरहेको बताइन् । उनले नर्सहरुको न्यून पारिश्रमिक र राज्यले आवश्यक नीति बनाउन सक्दा नर्सिङ संघमा आवद्धता कम रहेको बताइन् ।
उनले यो प्यानले सबै जाति,वर्ग र क्षेत्रलाई समेटेको हुँदा यो समूहले जित निकाल्ने विश्वास व्यक्त गरिन् । देशको राजनीति परिवर्तन भएजस्तै नर्सिङ संघको नेतृत्व पनि परिवर्तन हुनुपर्ने पक्षमा आफूहरु रहेको उनले सुनाइन् ।
‘नर्सिङ संघको नेतृत्व परिवर्तन हुनुपर्छ । युवाको हातमा संघको नेतृत्व जानुपर्छ । यसै एजेण्डालाई हाम्रो समूहले स्थापीत गर्नेछ । तमाम नर्सहरुका समस्याका बारेमा छलफल हुनुपर्छ । उनीहरुका हकहितको बारेमा वकालत हुनुपर्छ । यो काम हामीले गर्न सक्छौं । हामी गर्छौ’–उनले भनिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु