
जनप्रेमी, युनिक नेपाल र एभरेष्टले मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् ।
सानोथिमीस्थित आयोजक मातृभूमि स्कुलको कोर्टमा जनप्रेमीले अक्षरिकालाई २६–२१, युनिक नेपालले बौद्ध इन्टरनेसनललाई ३०–१७ र एभरेष्टले ओम ज्ञान मन्दिरलाई १०–८ ले पराजित गरे । जनप्रेमीका रोशन विष्टले १३, युनिक नेपालका सम्बन्ध भण्डारी र रोशन खड्काले समान १०–१० तथा एभरेष्टका क्रिस्टल गइडाले ३ अंक जोडे ।
सिनियर ब्वाइजमा अक्षरिकाले जेम्सलाई ४७–३० तथा बौद्ध इन्टरनेसनलले मातृभूमि रातोलाई ४५–३६ ले हराए । अक्षरिकाका रोविन मगरले १४ तथा बौद्ध इन्टरनेसनलका तेन्जिङ छोसाङले १८ अंक जोडे ।
सिनियर गल्र्समा चाणक्यले निस्त ‘सी’ लाई १६–३, मातृभूमि नीलोले निस्त ‘बी’ लाई २८–१४ र एसएसएसभीएमले मातृभूमि रातोलाई १५–१० ले पाखा लगाए । चाणक्यकी विनिशा दाहालले ८, मातृभूमि निलोकी श्रृति कुटुले १५ र एसएसएसभीएमकी नम्रता पौडेलले ८ अंक बटुले ।


