दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मेची महाकाली उल्टो साइकल यात्रीको नयाँ गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २६ गते, बुधबार ६:५४

काठमाडौं ।केही समय अघि बर्दिवास नगरको गीत गाएर चर्चामा आएका जे.वि. पोखरेल (जिवनाथ) ‘तिमी त मेरो ह्याप्पी हर्मोन’ आफ्नो दोस्रो गीत सार्वजनिक गरि पुनः दर्शक श्रोतामाझ आएका छन् ।

स्वर, शब्द र सङ्गीत पोखरेलकै रहेको यस गीतमा उनलाई स्वरमा महिला तर्फ रिता केसीले साथ दिएकी छिन् ।

उल्टो त्यो पनि पृथक साइकल सवार गरी तयार पारिएको ‘तिमी त मेरो ह्याप्पी हर्मोन’ गीतको भिडियो भर्खरै मात्र OSR Digital र ‘बर्दिवास मिडिया हाउस’ मार्फत सार्वजनिक गरिएको छ ।

१८ वर्ष अघि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो साइकल हाँकेर ‘उल्टो साइकल यात्री’ को रुपमा नाम राखेका गायक पोखरेलले यस गीतको सम्पूर्ण छायाङ्कन बर्दिवास नगरभित्र नै गरेका हुन् । गीतको भिडियोमा पोखरेललाई शिक्षिका सुधा गौतमले अभिनयमा साथ दिएकी छिन् ।

पोखरेल स्वयंले निर्देशन गरेको उक्त गीत यतिखेर सम्पूर्ण बर्दिवास वासी लगाएत नेपालीहरूको मन मुटुमा बस्न सफल भएको छ । स्वास्थ्यकर्मी पनि रहेका पोखरेलले दुई दर्जनभन्दा बढी गीतहरू रेकर्ड गराइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु