
काठमाडौं,मंसिर २६ – आदिमा बचत तथा ऋण सहकारी संस्था लिं सुकेधारा – काठमाडौं महानगरपालिका वडा नं ४ को १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रल्हाद दाहालले गरेका थिए भने प्रमुख अतिथिमा काठमाडौं महानगरपालिका वडा नं ४ का सदस्य सन्ध्या खनाल रहेकी थिइन । अतिथिको रुपमा दृश्य बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष टिका प्रसाद घिमिरे, नेपाल डेरी एसोसिएसनका केन्द्रिय सदस्य रमेश सन्जेल, समानन्तर ग्रुपका निर्देशक श्रीकृष्ण भण्डारी, काठमाडौं जेसिसका नवनिर्वाचित अध्यक्ष श्याम घिमिरे, निब्स स्कुलका प्रिन्सिपल डि.एन महत्तो, एन प्याब्सनका केन्द्रिय कोषाध्यक्ष प्रताप थापा, बागमती प्रदेश सदस्य हरि माझी, स्याटका अध्यक्ष बिनय श्रेष्ठ र उपाध्यक्ष प्रशान्त दाहाल, युरेका स्कुलका प्रिन्सिपल प्रबोध प्रभाकर रिजाल, विद्या सदन स्कुलका प्रिन्सिपल लक्ष्मण आचार्य लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रमको उद्घाटन पानसमा बत्ती बाली प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं ४ का सदस्य सन्ध्या
खनालले गरेकी थिइन । वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष, कोषाध्यक्ष र लेखा समितिले प्रस्तुत वार्षिक प्रतिबेदन पास गर्नुका साथै उत्कृष्ट बचत कर्ता विर बहादुर बिक, असल ऋणी राधादेवी रेग्मी , वर्ष उत्कृष्ट विद्यार्थीमा रिदम कार्कीलाई पुरस्कार प्रदान गरिएको थियो। संस्थामा आबद्ध सदस्यहरुले विभिन्न स्थानमा हाँसिल गरेको सफलतालाई सम्मान गर्दै सहकारीले पनि सम्मान गर्ने गरेकोमा यस वर्ष सहकारीका शेयर सदस्य श्याम घिमिरे काठमाडौं जेसिसको अध्यक्ष पदमा निर्वाचित हुनुभएकोले सम्मान गरिएको थियो । साधारणसभाको लिखित माइन्युट प्रमाणित गर्न शेयर सदस्यहरु मध्येबाट ९ जना सदस्यहरु छनौट गरि सहकारीका विभिन्न बिनिमय पास गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा सदस्य खनालले प्रत्येक वर्ष सहकारीले शेयर सदस्य बढाउनुका साथै बचत र ऋण दुबै बढाएको देखिन्छ । अहिले यस्तो आर्थिक संकटमा पनि सहकारीले आफ्ना सदस्यको मन जित्न सफल भएकोमा संचालक समिति र सदस्यहरुलाई धन्यवाद दिंदै यो अहिलेको समयमा सहकारी होसियारीका अगाडि बढाउन अनुरोध गर्दै आफू र वडाको तर्फबाट गर्नुपर्ने सबै किसिमका सहयोग गर्ने बताइन ।
साधारणसभामा शुभकामना दिंदै आगामी दिनमा सहकारीलाई थप बलियो र उत्कृष्ट बनाउन लाग्ने कुरामा आफुूले पूर्ण विश्वास लिएको कुरा संस्थाका सल्लाहकार दिपक ( रामचन्द्र ) न्यौपानेले बताए । अतिथि डि.एन महत्तोले सहकारीमा हामी सबै शेयर सदस्य लाग्दा मात्र थप सफल बनाउन सकिने कुरा बताउँदै हिजोको दिनमा सहकारीले गरेको कार्यको प्रशंसा गरे। दृश्य सहकारीका उपाध्यक्ष घिमिरेले आदिमाको टिम अत्यन्तै सशक्त र क्रियासिल रहेको बताए । समानन्तर ग्रुपका निर्देशक भण्डारीले अहिलेको अफ्ट्यारो अवस्था पनि सहकारीले बोनस दिन सकेको र यसरी सबै शेयर सदस्यले साथ दिएको देख्दा र सुन्दा यो सहकारी सधैं अगाडि बढ्दै जाने कुरामा दुई मत नरहेको बताए । कार्यक्रमको अन्त्यमा अध्यक्ष प्रल्हाद दाहालले सबैलाई धन्यवाद दिंदै आफू माथि गरेको विश्वासलाई मनन गर्दै सधैं सहकारीको हितमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै सबै शेयर सदस्यहरुलाई सम्पूर्ण कारोबार निर्धक्कका साथ सहकारी बाटै गर्न आग्रह गरे । रमणीय वातावरणमा हर्षोउल्लासका साथ संस्थाका ऋण उपसमितिका सदस्य मनोज कुमार घिमिरेले कार्यक्रम संचालन गरेका थिए।


