दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली रक्तदाता संघ यूएईले रक्तदान कार्यक्रमको आयोजना गर्ने”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २७ गते, बिहीबार ६:२९


-सचिन्द्र श्रेष्ठ

अन्तरर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईले यही डिसेम्बर १५ मा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । दुबई हेल्थ अथरिटी (DHA) सँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गर्न लागेको हो ।
युएईको दुबई शहरस्थित Dubai Health Authority Head Quarter, Al Jaddaf मा आयाेजना गर्न लागेको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कोषाध्यक्ष तथा नेपाली रक्तदाता संघ युएईका संरक्षक सुनिलराज श्रेष्ठले बताए ।
गत १७ जूनमा पनि भब्य रुपमा सम्पन्न भएको हुदा आगामि १५ डिसेम्बरमा दोश्रो पटक आयोजना गर्न लागिएको कार्यक्रम संयोजक जगन अधिकारीले बताए।
१७ जूनमा पहिलो पटक गरीएको बृहत रक्तदान कार्यक्रममा नेपाली राजदुतावास यूएईका श्रम काउन्सेलर दिनबन्धु सुबेदी, दुतावासका कार्यालय सहयोगी हरेराम आचार्य, विभिन्न पेसामा कार्यरत नेपाली समुदाएका ब्यक्तिहरु, नेपाली रक्तदाता संघ यूएईका सदस्यहरु,विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिस्तरका सामाजिक संस्था एवं वैचारिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले रक्तदान गरेको हुदा यो दोश्रो पटक अझै धेरै भन्दा धेरैको उपस्थिति गराउन पहल गर्ने अध्यक्ष बासुदेव ढुंगानाले बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु