
ललितपुृर । आँट, साहस र धैर्यको प्रतिक बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनको खोकना स्थित संसार संगीतालयमा हरेक दिनजस्तो सांगीतिक कार्यक्रम हुने गरेको छ।
त्यसमाथि, हरेक हप्ताको शनिवार दिनभरजस्तो नै सांगीतिक कार्यक्रम फेसबुकवाट लाइभ नै गर्दैआएको छ। विगत एघारौ हप्तादेखि निरन्तर शनिवार संसार संगीतालयमा एक से एक गायक–गायिकाहरुलाई पाहुनाको रुपमा प्रस्तुत गरे चारघण्टा लामो फेसबुक लाइभ गर्दैआएको जानकारी संसार संगीतालयका प्रमुख स्वतन्त्र संसार महर्जनले दिएका छन्।
यसक्रममा विहीवार संसार संगीतालयमा गायक एकराज महर्जन, बाद्य गुरु विष्णु भक्त डंगोलका साथमा गायिका सरिता महर्जन र टबला बादक ज्ञानलाल डंगोल अनि गायिका तथा हारमोनियम बादक शुद्धलक्ष्मी श्रेष्ठले सामूहिक रुपमा भजन गीतको अभ्यास गर्ने कार्य गरेका छन्। आगामी आइतवार हुन गैरहेको भजन गीत सांगीतिक कार्यक्रममा प्रस्तुत हुन उक्त भजन संगीत अभ्यास भएको जानकारी गायक एकराज महर्जनले दिए ।


