दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

केईसीमा तीनदिने अर्डुइनो वर्कशप सम्पन्न, केईसी लाइट २०८१को तयारी जारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २८ गते, शुक्रबार ६:५७

कान्तिपुर इन्जिनियरिङ कलेज (केईसी) मा मंसिर २४ देखि २६ गतेसम्म तीनदिने अर्डुइनो (Arduino) वर्कशप सफलतापूर्वक सम्पन्न भएको छ। केईसी इलेक्ट्रोनिक्स क्लबद्वारा आयोजित यस वर्कशपमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। वर्कशपमा सहभागीहरूले अर्डुइनोको आधारभूत संरचना, यसको प्रयोगका विधिहरू र प्रोजेक्ट निर्माणका सीप सिकेका छन्। कार्यक्रममा रमाइलो थप्न विभिन्न खेलहरू पनि आयोजना गरिएका थिए। यी खेलहरूले सहभागीहरूको उत्साह बढाउनुका साथै विजेताहरूलाई आकर्षक पुरस्कार प्रदान गरिएको थियो।
यो वर्कशप आगामी पुस ४ गते आयोजना हुने केईसी लाइट २०८१ का लागि पूर्वतयारीको रूपमा आयोजना गरिएको केईसी इलेक्ट्रोनिक्स क्लबले जानकारी दिएको छ।
पुस ४ गते केईसी लाइट २०८१ हुँदै
पुस ४ गते केईसी लाइट २०८१ भव्य रूपमा आयोजना गरिनेछ। यसमा इलेक्ट्रोनिक्स, कम्प्युटर, र सिभिल इन्जिनियरिङका रोचक र नयाँ प्रोजेक्टहरूको प्रदर्शनी गरिनेछ। साथै, विभिन्न रमाइलो प्रतियोगिताहरूले कार्यक्रमलाई अझ रोचक बनाउनेछन्। इलेक्ट्रोनिक्स क्लबले रु ३०,००० को पुरस्कार राशीसहित सिर्जनात्मक र नवीन प्रोजेक्टहरूको खोजी गरिरहेको छ। जुनसुकै कलेजका विद्यार्थीहरूले यस कार्यक्रमका सबै प्रतियोगितामा भाग लिन सक्नेछन्।
रोबोटिक प्रतियोगिताहरूमा प्रतिस्पर्धा
पुस ३ र ४ गते रोबो सुमो, रोबो सकर, रोबो रेस र लाइन फलोइङ रोबोट जस्ता रोबोटिक प्रतियोगिताहरू आयोजना गरिनेछन्। यी प्रतियोगिताहरूले विद्यार्थीहरूलाई प्रविधि र सिर्जनात्मकतालाई प्रोत्साहन गर्ने लक्ष्य राखेका छन्। रोबोटिक प्रतियोगिताहरूका लागि कूल रु १,३५,००० को पुरस्कार राशी तोकिएको छ। इच्छुक सहभागीहरूले यहाँ क्लिक गरेर अनलाइनमार्फत दर्ता गर्न सक्नेछन्।
अर्को आकर्षण: ह्याक-अ-लाइट ह्याकाथन
मंसिर २८ गतेदेखि ३२ घण्टे ह्याकाथन ह्याक-अ-लाइट आयोजना हुनेछ। यो प्रतियोगिताले विद्यार्थीहरूलाई सिर्जनशील विचारलाई प्रविधिको माध्यमबाट उपयोग गरी विविध समस्या समाधान गर्ने अवसर प्रदान गर्नेछ। यो ह्याकाथनका लागि रु ५०,००० भन्दा बढी पुरस्कार राशी तोकिएको छ।
अन्य क्लबहरूको सक्रियता
इलेक्ट्रोनिक्स क्लबद्वारा आयोजित वर्कशपका अतिरिक्त कम्प्युटर क्लबले React र SQL वर्कशपहरू आयोजना गरिसकेको छ भने
सिभिल क्लबले पनि आफ्ना विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यी सबै गतिविधिहरूले विद्यार्थीहरूमा नयाँ ऊर्जा र उत्साह थपेको छ। विद्यार्थीहरूले आगामी कार्यक्रमहरूको प्रतीक्षामा उच्च चासो देखाएका छन्। आयोजकले केईसी लाइट २०८१को तयारी तीव्र गतिमा चलिरहेको जानकारी दिएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु