तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हेर्नुहोस् आज मंसिर २९ गते शनिबारको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २९ गते, शनिबार ५:४५

आज – २९ मंसिर २०८१ शनिवार को राशिफल
-ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उत्साह र ऊर्जाले भरपुर रहनुहुनेछ। व्यापार व्यवसायमा आयका नँया स्रोतहरू बन्नेछन्। आफन्तहरूसँग रमाइलो भेटघाट रहनेछ। धार्मिक तीर्थस्थान वा मठमन्दिरको भ्रमण हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अम्दानीका स्रोतहरू बढ्नेछन्। चाहना पूरा गर्नलाई धन खर्च हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौँ। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अगाडि रोकिएका कामहरू प्रारम्भ हुनाले मन प्रसन्न रहनेछ। नोकरी वा पेशामा अधिकारीहरूको सहयोग मिल्नेछ। व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। बहुमूल्य वस्तु संग्रह गर्ने योग छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ८ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विदेशतिर ताक्नेहरूलाई यात्राको अवसर मिल्नेछ। कार्यक्षेत्रमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ विशेषगरी बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। आर्थिक लेनदेनको लागि उपयुक्त समय पर्खिनुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक यात्राको लागि योजना बन्नेछ। प्रतिस्पर्धीहरूले अलि दुःख दिन सक्छन्। वित्तीय वा सरकारी संस्थाबाट शुभ सूचना मिल्नेछ। नोकरी वा पेशामा शत्रुहरू बढ्नेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा शत्रुपक्ष पराजित हुनेछन्। आर्थिक कारोबारमा नयाँ उपलब्धिहरूले कार्यक्षेत्रमा हौसला जगाउनेछ। चल अचल सम्पत्ति जोड्ने समय रहेको छ। व्यापार व्यवसायमा बनिरहेको कार्यमा बाधा आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक वा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। नोकरी वा पेशामा सहयोगीहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शेयर मार्केटबाट मनग्य लाभ मिल्नेछ। मित्रता र प्रेम सम्बन्ध कसिनेछ। महत्वकांक्षी योजनाहरूमा सफलता पाइनेछ। कार्यक्षेत्रमा परीश्रम अनुसार राम्रै फल मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। प्रतियोगी परीक्षामा सफलता पाइनेछ। विद्यार्थीहरूलाई विद्याको क्षेत्रमा शिक्षकको सहयोग मिल्नेछ। स्वास्थ्य अनुकूल रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साहस र पराक्रममा वृद्धि हुनेछ। व्यापार बढ्नाले आयस्रोत सबल रहनेछ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सन्तानको सफलताले मन प्रसन्न रहनेछ। कारोबार वा व्यवसायको सुरुवात गर्न सक्नुहुनेछ। पारिवारिक जीवनमा चलिरहेको तनावबाट मुक्ति मिल्नेछ। राजनीतिक क्षेत्रमा कूटनीतिको फाइदा मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्यार्थीहरूको लेखन अध्ययनमा प्रगति हुनेछ। कार्यक्षेत्रमा प्रशंसा योग्य कार्यले प्रभाव बढ्नेछ। विशिष्ट व्यक्तिहरूको साथ र मित्रता बढ्नेछ। व्यापार व्यवसायमा श्रम र सीपले लाभ मिल्नेछ। शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु